यामुनामाई गाउँपालिकाको ७ औं गाउँ सभा संम्पन्न

मेवालाल यादव
असोज १७ रौतहट
जिल्लाको यमुनामाई गाउँपालिकाका ७ औं गाउँ सभाको अधिवेशन बुधवार संम्पन्न भएको हो।
राजनितिक दलका निर्वाचित जनप्रतिनिधिको असन्तुष्टिका कारण असार १० गतेमा आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रम ल्याउन नसकेको गाउँपालिकाले केहि जनप्रतिनिधिको असन्तुष्टिका बिच गाउँ सभा संम्पन्न गरेको हो । गाउँ सभा नभएको कारण कर्मचारीको तलब रोकिएकोले पर्वको समय नजिक आएको देखिदां बहुमतको आधारमा गाउँ सभा संम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष मोहमद साउद भन्ने इरसादले गाउँ सभामा आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन। गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थतिमा भएको अधिबेसनमा गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा ,स्वास्थ्य ,कृषि क्षेत्रको बिकाशमा जोड़ दिइएको छ।
प्रस्तुत गरिएको निति कार्यक्रममा १५ शैया प्राथमिक स्वास्थ्य केन्द्रको लागि जग्गा खरीद तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा संञ्चालन गरिने जोड़ दिइएको छ। माध्यमिक शिक्षामा उत्कृष्ट हुने पांच पांच जना विद्यार्थीलाई पुरस्कृत गरिने , बेरोजगारी समस्या समाधान गर्नको लागि एक घर एक रोजगारको निति अवलम्बन गरिने लक्ष्य लिइएको छ। पूर्वाधार विकास तरफ सड़क विस्तार ,चौडाकरण अभियान संञ्चालन ,नाला निर्माण ,विधुतीकरण कार्यलाई प्राथमिकतामा राखिएको छ।
गाउँ सभामा उपाध्यक्ष अनुराधा कुमारी ,प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतो, लेखापाल श्रीनारायण झा,स्टोर किपर सुरेन्द्र यादव, ई नितेश कुमार सिंह लगायतका गा पा कर्मचारी वड़ा अध्यक्ष नन्दलाल यादव , सीताराम यादव, शेख सगिर लगायत वड़ा सदस्य ,कार्यपालिका सदस्यहरुको उपस्थति रहेको थियो। गाउँ विकास सभा बन्द कोठामा प्रहरीको बलमा गरेको भन्दै वड़ा अध्यक्ष अश्विनी यादव सहित केहि कार्यपालिका सदस्यले असहमति जनाएका थिए।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here