यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियान तीव्र

फाइल फोटो

११ असोज, काठमाडौं । प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियानलाई तीव्र पारेको छ ।

चाडबाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो ।

frontline

ललितपुरको सातदोबाटोमा मंगलबार गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, ट्याङकरलगायतका २५ सवारी साधनलाई कारबाही गरिएको र १४ गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त अभियानमा तालिम प्राप्त प्राविधिकसहितको टोली परिचालन गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियन्त्रणमा लिइएका १४ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइने जानकारी दिनुभयो ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने र यात्रुको जीवन जोखिममा पर्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली आज ललितपुरको सातदोबाटो क्षेत्रमा खटिएको थियो । गएको भदौ १५ गतेदेखि प्रहरीले अभियानकै रुपमा कारबाही अभियान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here