यातायात कार्यालय पोखराका निमित्त प्रमुख सहित ९ जनाविरुद्ध मुद्दा दर्ता

५ चैत, पोखरा । लाइसेन्स वितरणमा अवैध काम गरेको आरोपमा यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त प्रमुख सहित ९ जनालाई अख्तियारले मुद्दा दर्ता गरेको छ ।

कार्यालय प्रमुख गोकुल शर्मा, शाखा अधिकृत हरिप्रसाद गौतम, भरतमणि बराल, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र मोहनमणि सुवेदी विरुद्ध मुद्दा दर्ता भएको हो ।

frontline

उनीहरूले २०७५ मंसिर, २०७६ साउनदेखि मंसिरमा लिईएको परीक्षाका क्रममा पास भएकालाई फेल गरेको र फेल भएकालाई पास गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरू उपर अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा दोषी भेटिएको अख्तियारले जनाएको छ ।

प्रयोगात्मक परीक्षामा फेल र अनुपस्थित भएका १ सय ६६ जनालाई पास गरेको भेटिएको छ भने पास भएका २ जनालाई फेल भएको नतिजा निकालेका थिए ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको सजाएँ माग गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here