यातायात कार्यालय गुर्जुधाराबाट १६ जना पक्राउ

२० पुस, काठमाडौं । प्रहरीले यातायात व्यवस्था कार्यालय चन्द्रागिरी-५ गुर्जुधाराबाट १६ जनालाई पक्राउ गरेको छ।

‘बिचौलिया’को काम गरेको आरोपमा उनीहरूलाई सोमबार मध्याह्न कार्यालय अगाडिको सडकखण्डबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

frontline

कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले काम लगाइदिने भनी तोकिएको भन्दा बढी शुल्क लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-६ का सुविन लामा, शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी राकु तामाङ, एकेन्द्र बुढा, वीरेन्द्र कटुवाल, सुशान्तराज भण्डारी, विशाल लामा, जीवन मगर, विशाल मेचे, विवेक न्यौपाने, रुद्रबहादुर महत, छिरिङ तामाङ छन्।

पक्राउ परेकालाई तत्कालका लागि अभद्र व्यवहार गरेको कसुरमा हिरासतमा लिएर अनुसन्धान थालिएको एसपी मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here