याक एन्ड यति होटल बन्द गर्न गृह मन्त्रालयको पत्र

३ फागुन, काठमाडौं । याक एन्ड यति होटल लिमिटेड बन्द गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्याल काठमाडौंलाई पत्र पठाएको छ । सोमबार मन्त्रालयले होटल बन्द गर्न आवश्यक कारबाहीका प्रशासनलाई पत्र पठाएको हो ।

पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा याक एण्ड यति होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्ध गर्ने, होटलको पाँच (५) तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटल तथा क्यासिनो सञ्चालन बन्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने भनेर माघ २६ मा मन्त्रीस्तरको निर्णय भएको हुँदा अब उप्रान्त उक्त होटल र क्यासिनो सञ्चालन नगर्ने नगराउने व्यवस्थाका लागि पर्यटन विभाग (होटल शाखा) को च.नं. १०७२, माघ २६ गतेको पत्रबाट लेखी आएकोले सो सम्बन्धमा आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ ।’

frontline

संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका थिए ।

माघ २६ गते मन्त्रीस्तरीय निर्णयले होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र वर्गीकरण प्रमाणपत्र रद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here