यमनमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

९ माघ, एजेन्सी । यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।

सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शुक्रबार साउदी अबेरियाको नेतृत्वको सैन्य समूहले त्यहाँ हवाई आक्रमण गरेको थियो ।

frontline

उक्त आक्रमणमा परेर अरु कम्तीमा पनि एक सय जना घाइते पनि भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार जारी छ ।

शुक्रबार रातिको समयमा जेल लगायतका स्थानमा साउदी सेनाले हवाइ आक्रमण गरेको थियो । कम्तीमा १०० जनाको मृत्यु भएको र अरु सयजना भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन् ।

सो घटनाको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गर्नुभएको हो । उहाँले हवाई हमलाबाट थुनामा रहेका व्यक्तिको ज्यान जानु ठूलो अपराध भएको बताउनुभएको हो ।

यस्ता नागरिक हत्याका कार्य तत्कालै बन्द गर्न उहाँले विज्ञप्तिमार्फत् आग्रह पनि गर्नुभएको छ । यस्ता कार्य निन्दनीय रहेको भन्दै नागरिकको सुरक्षाको उहाँले माग पनि गर्नुभएको छ ।

यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएका बताउनुभएको छ ।

इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीहरूले जारी गरेको तस्बीरमा उद्धारकर्मीहरूले ध्वस्त भएका जेल भवनहरूबाट क्षतविक्षत मृत शरीरहरू तानेर थुपार्दै गरेका दृश्यहरू देखिएका छन् ।

हुथीहरूले संयुक्त अरब इमिरेट्समा हवाईजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमलाहरू भएका छन् ।

पछिल्ला केही महिनाहरुमा हुथी व्रिद्रोहीहरुलाई लक्ष्य गरेर साउदी अरेबियाको नृतृत्वमा रहेको सैन्य समूहले यमनी आकासबाट हमला गर्ने गरेको छ ।

यसबाट हुथी विद्रोहीका साथै सर्वसाधारणहरुको पनि ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here