‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु : मेयर बालेन

फाइल तस्बिर

२५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित ¥यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् ।

शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

frontline

त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो ।

उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर बालेनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने स्पष्ट पारेका हुन् ।

मेयर बालेनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here