म पुरा कार्यकाल सभापति बन्दिन, तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु : रामचन्द्र पौडेल

२७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ, तर पौडेल समूहले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला दावेदार छन् ।

frontline

चार आकांक्षीबीच सहमति जुट्न सम्भावना गर्दै गएपछि वरिष्ठ नेता पौडेलले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर नयाँ प्रस्ताव अघि सारेका छन् ।

‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नूस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ पौडेलले बैठकमा भने, ‘म पुरा कार्यकाल सभापति बन्दिन । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’

एक बैंक्वेटमा भएको छलफलमा सभापतिका आकांक्षी मध्ये एक प्रकाशमान सिंह अनुपस्थित थिए । उनी पछिल्लो समय पौडेलसँग टाढिएका छन् ।

महामन्त्री शशांक कोइरालाले केही बोलेनन् भने डा. शेखर कोइरालाले अरू विषयमा बोलेपनि पौडेलको प्रस्तावबारे कुनै प्रतिक्रिया जनाएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here