म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु : प्रेम आले
१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् ।
पदबाट राजीनामा दिएपछि सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई ९० अंक दिएको बताए।
‘म मन्त्रीको रुपमा ९ महिना अर्थात् २६३ दिन काम गरेँ । तपाइँ कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्नुभयो भने म आफूलाई ९० अंक दिन्छु । म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु,’ उनले भने ।
बाँकी दस प्रतिशत जनताले मूल्यांकन गर्नुपर्ने उनले बताए । उनले आफू मन्त्री भएपछि सुधारका कामहरु धेरे गरेको र मान्छेहरुले पनि एक्सन मन्त्रीको उपमदा दिएको बताए। उक्त उपमाले आफू उत्साहित भएर काम गर्ने गरेको उनको भनाइ छ ।
‘म प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्छु । त्यही भएर धेरैले मलाई एक्सन मन्त्रीको उपममा पनि दिनुभयो। त्यसले मलाई उत्साहित बनाउँथ्यो,’ उनले भने ।
उनले आजै संसद बैठकबाट बाहिरिने क्रममा आफूले दुई दिनअघि नै राजीनामा दिइसकेको बताएका थिए । उनले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्