म्यारियट होटलको क्यासिनोले मनोरञ्जन कर बुझायो महानगरलाई

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ ।

काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।

frontline

आचार्यका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको हो । जरिबानाको हिसाब भइरहेको  र सञ्चालकले तिर्ने बताएको उनले बताए ।

१९ भदौमा काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो । म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म तिरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here