म्यानमारमा मानवीय सहायताको खाँचो छ ः संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ

१२ असोज (रासस ÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

frontline

उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ ।

यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो । आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो । त्यसका विरोधमा नागरिक सडकमा ओर्लिएका थिए ।

त्यसपछि त्यहाँ लामो समयसम्म सेनाका विरुद्धमा आन्दोलन भएको थियो भने सेनाले आन्दोलन दबाउनका लागि हानेको गोली लागेर सयौँ नागरिक मारिएका थिए ।

संयुक्त राष्ट्रसंघले यहाँ मुख्य शहरी क्षेत्रमा बस्ने मानिसलाई नै खाना र बास समेतको मानवीय सहायताको खाँचो परेको जनाएको छ ।

मुख्यगरी यहाँको यांगुन शहर र अर्काे बजार क्षेत्र मण्डालेमा यस्तो समस्या देखिएको छ ।

ती क्षेत्रमा बस्ने बालबालिकामा पनि पौष्टिक खानाको अभावमा कुपोषणको समस्या समेत देखा पर्न लागेको पनि बताइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here