म्यानमारमा अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय

श्रोत : ईन्टरनेट

२७ कार्तिक, बुर्मा : म्यानमारको सैनिक अदालतले अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार ड्यानि फेन्स्टरलाई अदालतले ११ वर्षको जेल सजाय सुनाएको हो । 

फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको, गैरकानुनी संगठन बनाएको र म्यानमार सेनाविरुद्ध सर्बसाधारणलाई उक्साएको आरोपमा फेन्स्टर दोषी ठहरिएका छन् । 

frontline

उनलाई गत मे महिनामा म्यानमार सेनाले याङोन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसयता सेनाले उनलाई हिरासतमा राखेको थियो । केहि दिनअघि म्यानमार सेनाले उनीमाथि देशद्रोह र आतंकवादी गरी थप नयाँ आरोप लगाएको थियो ।

सो आरोप सत्य सावित भएमा पत्रकार फेन्स्टरले जन्मकैदको सजाय भोग्नु पर्ने बताइएको थियो । यद्यपि नयाँ आरोपबारे हाल कुनैपनि निर्णय नभएको बताइको छ । 

३७ वर्षीय फेन्स्टर म्यानमारस्थित फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक हुन् । म्यानमार सेनाले सैन्य ‘कु’ लागू गरेपछि फेन्स्टरलगायत अन्य दर्जनौं स्थानीय पत्रकारहरु हिरासतमा छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here