म्यानचेष्टर सिटी तेस्रो स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • म्यानचेष्टर सिटीले बर्नमाउथलाई ३-१ ले पराजित गरी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
  • खेलमा सिटीका ओमार मार्मुस, बर्नार्डो शिल्भा र निको गोन्जालेजले गोल गरे भने बर्नमाउथका जेबिसनले एक गोल फर्काए ।
  • सिटीले ३७ खेलमा ६८ अंकसहित तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको सम्भावना बलियो बनाएको छ ।

७ जेठ, काठमाडौं । म्यानचेष्टर सिटी बर्नमाउथलाई ३-१ ले पराजित गर्दै प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । यस जितपछि सिटीले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि बलियो बनाएको छ ।

frontline

केभिन डे ब्रुएनाको लागि घरेलु मैदानमा अन्तिम खेल इमोसनल बन्यो ।

उनले यस सिजनपछि सिटी छाड्दैछन् र सिटीका लागि घरेलु मैदानमा यहि खेल अन्तिम बन्यो । ब्रुएनाले घरेलु मैदानमा अन्तिम खेलमा गोल गर्ने राम्रो अवसर गुमाए ।

खेलमा सिटीका लागि ओमार मार्मुसले सानदार गोल गरे । मार्मुससँगै बर्नार्डो शिल्भा र निको गोन्जालेजले सिटीका लागि गोल गरे । बर्नमाउथका डान जेबिसनले एक गोल फर्काए ।

दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दुवैले दश खेलाडीमा सिमित रहेर खेल सकाएका थिए ।

सिटीका लागि मार्मुसले १४औं मिनेटमा पहिलो गोल गरे । बर्नार्डोले ३८औं मिनेटमा अग्रता दोब्बर पारे । निकोले ८९औं मिनेटमा गोल गरे ।

बर्नमाउथका जेबिसनले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए ।

सिटीका माटेओ कोभासिसले ६७औं र बर्नमाउथका लेविस क्कले ७३औं मिनेटमा रातो कार्ड पाएका थिए ।

जितपछि सिटी ३७ खेलमा ६८ अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट न्युकासल, चेल्सी र एस्टन भिल्लाको समान ६६ अंक छ भने नटिङहम फरेस्टको ६५ अंक छ । यी पाँच टोली शीर्ष पाँचमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने होडमा छन् । च्याम्पियन लिभरपुल र आर्सनलले भने अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन् ।

प्रिमियर लिग

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here