म्यानचेष्टर युनाइटेडमा रोनाल्डो दुई वर्षलाई अनुबन्धित

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो ।

यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत  दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् ।

frontline

सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका रोनाल्डोले त्यसपछि रियल मड्रिड र युभेन्ट्सका लागि खेले । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । युनाइटेडबाट उनले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कप जितेका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो स्पेनिस क्लब रियलमा ९ सिजन बिताएर सन् २०१८ मा युभेन्ट्स पुगेका थिए ।

रोनाल्डोले फेरि युनाइटेडका लागि खेल्न आतुर रहेको बताएका छन् । ‘म्यानचेस्टर युनाइटेड एक क्लब हो जसले मेरो हृदयमा विशेष स्थान पाउछ । म ओल्डट्राफोर्डमा खेल्नको लागि आतुर छु ।’

रोनाल्डोले अन्तर्राष्ट्रिय खेलपछि टिमसँग जोडिने र सिजन सफल हुने आशा राखेका छन् । रोनाल्डो इंग्ल्याण्ड, स्पेन र इटलीमा लिग जित्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here