म्याद गुज्रिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजार पठाउने गोदाममा छापा

आइतबार, काठमाडौं । म्याद गुज्रिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको सूचनाका आधारमा प्रहरीले सानो भर्‍याङस्थित एक गोदाममा छापा हानेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले विशेष सूचनाका आधारमा कस्मेटिक सामानको गोदाममा छापा हानेको एसपी कृष्ण कोइरालाले बताए ।

frontline

‘भ्यास्लिन, रुम स्प्रे, विभिन्न क्रिम लगायतका सामग्रीमा नयाँ लेबलिङ गरेर पठाउने गरेको पाइएको छ’ कोइरालाले भने, ‘गोदाममा अहिले कामदार मात्र छन्, सञ्चालकको खोजी भइरहेको छ ।’ थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here