म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो जाँदा आवागमन प्रभावित

फाइल तस्बिर

१६ साउन, जोमसोम । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी-जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।

काभेभीर सडकको सिमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले सडक पुरिएको छ। आयोजना प्रमुख प्रजापतिले बिहान ११ बजेतिरबाट पहिरो गइरहेको बताए। 

frontline

म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी फराकिलो स्थानमा भएकाले कालिगण्डकी नदी थुनिने खतरा नरहेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे। 

‘काभ्रेभीर सडक माथिबाट चट्टान र माटो खसेको हो। सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ, पहिरो रोकिएपछि सडक खुलाउने पहल गर्नेछों ,उनले भने,’हामीले आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउनतर्फ लाग्छौ, एक दुई दिनमा सडक खुल्न सक्छ।’

यसअघि मुस्ताङको थासाङ गाउँपालिका-३ कैकु खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो। कैकु खोलामा सडक अवरुद्ध भएकाले म्याग्दीबाट काभ्रेभीर हुँदै सवारी माथि जान पाएका थिएनन्।

सुख्खा पहिरोले कुनै मानवीय तथा अन्य धनजनको क्षति नभएको आयोजना प्रमुख प्रजापतीले बताए।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here