म्याग्दीका ग्रामीण क्षेत्रमा पुन बढ्न थाले संक्रमति

बेनी । म्याग्दीको ग्रामीण क्षेत्रमा फेरि कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ । बेनी नगरपालिका५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

समुदायमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दै थान थालेपछि बेनी नगरपालिका स्वास्थ्य शाखाले परीक्षण गरेको थियो ।

frontline

७५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा कोरोना पुष्टि भएको बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला गौतमले बताइन् ।

‘सानो गाउँमा भेटिएको कोरोना संक्रमतिको संख्या धेरै हो । आवश्यक सर्तकता अपनाउन अनुरोध गरेका छौ,’ गौतमले भनिन् ।


उनले कोरोना पुष्टि भएकालाई घरमा सुरक्षित बस्न अनुरोध गरिएको छ ।एन्टिजेन परीक्षणमा पोजेटिभ आएका मध्ये २० जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइने बताइन् ।

कोरोना पुष्टि भएकालाई जनस्वास्थ्यको मापदण्ड पालना गरी घरमै बस्न अनुरोध गरिएको छ ।


टोल सुधार समितिका संयोजक अर्जुन भण्डारी र क्लवका सल्लाहकार प्रेम क्षेत्रीले बिरामीलाई नियमित स्वास्थ्य परीक्षण तथा आवश्यकतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

डडुवाको छिमेकी मंगला गाउँपालिका१ कुहुँमा समेत कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि १० दिनका लागि वडा सिल गरिएको छ ।

त्यस्तै मंगलबार नै रघुगंगा गाँउपालिकामा ३ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

जिल्लाको ग्रामिण क्षेत्रमा धमाधम कोरोना संक्रमित भेटिन थालेको उनले बताए ।


कोरोना संक्रमणको जोखिम मानिएका क्षेत्रहरुमा समेत लापरवाही बढेको, लक्षण देखिएकाहरु समेत परीक्षणका लागि आउन आनाकानी गर्ने गरेकाले संक्रमणको दर पुनः उकालो लागेको लम्सालको भनाइछ ।

योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५६० जना पुगेको छ ।

मंगलबार नै ४२ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।

जिल्लामा १७२ जना सक्रिय संक्रमित छन् । जिल्ला कोभिड व्यवस्थापन समितिले असार २३ गतेसम्म केही क्षेत्र खुकुलो बनाउने गरी लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here