मोहन यादवले जनताकै घरघरमै पुगेर गुनासो सुन्दै
मेवालाल यादव
रौतहट
पार्टी प्रतिको गुनासो सुन्ने र जनताकै मनेभावना अनुसार भने जस्तो काम गर्न नसकेको अनुभूत भएकाले जनताकै घरघरमै पुगेर गुनसो सुनेर कमजोरी सच्याउन र जनताकै समस्या समाधानकै लागि गौर नगरपालिकाका नगर प्रमुख प्रत्याशी मोहन यादवले सोही नगरपालिका -४ टिकुलिया गाउँका जनता समक्ष भेटघाट गर्न थालेका छन् ।
जनताको गुनासो सुन्दै पार्टी जनताकै भएकाले जनताको साथ आवाश्यक भएको तर, केही कमी कमजोरीका कारण जनता निराश हुनु स्वभाविक भएकाले निराश नहुन आग्रह गर्दै हिजो पनि जनतकै मोहन यादव , आज पनि जनताकै मोहन यादव र भोली पनि जनताकै मोहन यादव भएकाले भूल सुधार गरेर आउँदा निर्वाचनमा सबै भन्दा बलियो रहने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्