मोरङको केराबारीमा आगलागी, २ घर ध्वस्त, साढे ३८ लाख बराबरको क्षति

सान्केतिक तस्बिर

२१ पुस, विराटनगर ।  मोरङको केराबारी गाउँपालिका–५ स्थित गुम्बा टोलमा बिहीबार बिहान आगलागी हुँदा जलेर २ वटा घर ध्वस्त भएका छन् । साढे ३८ लाख बराबरको क्षति भएको छ। 

टीकामाया तामाङको घरबाट बिहान ५:४५ बजेतिर आगलागी सुरु भएको थियो। आगोले टीकामाया र बुद्धिबहादुर तामाङको घर जलेर ध्वस्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार विद्युत सर्ट हुँदा घरमा आगलागी भएको आशंका गरिएको छ। 

frontline

स्थानीयका अनुसार आगोले टीकामायाको घरसहित घरमा रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचरका सामान, काठ, डेढ तोला सुन र ७५ हजार रुपैयाँ नगद जलेको छ। 

त्यस्तै बुद्धिबहादुरको पनि घरसहित घरमा रहेका सबै सरसामान, १ तोला सुन र ५० हजार रुपैयाँ नगद जलेको प्रहरीले जनाएको छ। 

आगोले दुवै घरको ३८ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार टीकामायाको १७ लाख ५० हजार र बुद्धिबहादुरको २१ लाख बराबरको क्षति भएको हो। घटनामा मानवीय र चौपाया क्षति भने नभएको उनले बताए। 

धरान तथा सुन्दरहरैँचाबाट पुगेका ४ वटा दमकल, स्थानीय र प्रहरीलाई आगो नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here