मोबाइलबाट भिडिओ बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु
१९ भदौ, काठमाडौं । मोबाइलबाट भिडिओ बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राजन पोखरेलले प्रारम्भिक अनुसन्धानबाट फोटो वा भिडिओ खिच्ने क्रममा चिप्लिँदा उक्त घटना भएको हुन सक्ने देखिएको बताए ।
“टिकटक नै बनाउनकै लागि भन्ने कुरा अझै यकिन भइसकेको छैन,” उनले भने, “बाटोमा अगाडि जाम भएपछि भीर नजिक भिडिओ खिच्न जाँदा चिप्लिएर लडेको हुनसक्छ ।”
शनिवार राति ९ बजेको समयमा तुलसीपुर-३ को साततले भन्ने ठाउँमा फोटो खिच्न जाँदा केसी भीरबाट चिप्लिएर तल खसेका थिए । घाइते केसीलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
वास्तविक कारण के थियो भन्ने कुराका लागि अनुसन्धान भइरहेकाले यही कारणले घटना भएको भन्ने यकिन हुन नसकेको पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्