मोटरसाईकल ट्रकसँग ठोक्किंदा एक युवकको मृत्यु

तनहुँ । आँबुखैरेनी २ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाईकल ट्रकसँग ठोक्किंदा एक युवकको ज्यान गएको छ ।

घटनामा परी अर्का किशोर घाइते भएका छन् ।

frontline

डुम्रेबाट आँबुखैरनी तर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाईकल फरक दिशा तर्फ गैरहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडी ठोकिएर पुनः आँबुखैरेनीतर्फ गैरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो ।

घटनामा एक्लेफाँटकै ३१ वर्षका दुर्गा भुजेलको घटनास्थलमा नै मृत्यु भएको र मोटरसाईकलमा पछाडी सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाका कारण केहीबेर राजमार्गमा यातायात अवरुद्ध हुन पुगेकामा पछि नियमित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here