मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

४ मंसिर, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

मोटरसाइकल दुर्घटनापछि टिपरले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

frontline

बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका-६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन टिपरको पछाडिको चक्कामा परेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here