मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

२३ मंसिर, उदयपुर ।  उदयपुरको चौदण्डिगढी नगरपालिका ७ का एक युवाको दुर्घटनामा परी ज्यान गएको छ ।

बुधबार बेलुका बेल्टारबजारबाट सदरमुकाम गाईघाटतर्फ जानेक्रममा चौदण्डीनपा ६ सातधारेमा मोटरसाईकल दुर्घटनामा परी घाइते भएका ४० वर्षीय उमेश राईको बिहीबार बिहान ज्यान गएको हो ।

frontline

स.१०.प.३१३३ नम्बरको निजी मोटरसाइकलबाट मदन भण्डारी स्मृति लोकमार्ग हुँदै गाईघाट हिँडेका राई बिहीबार बिहान सडक किनारामा घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइतेलाई तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको उनले बताए ।

‘कति खेर कसरी दुर्घटना भयो भन्ने एकिन हुन सकेको छैन,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुँदा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हुनसक्छ ।’

सडक किनारामा दुर्घटना भएकाले रातिको समयमा कसैले नदेखेको हुनसक्ने उनको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

स्थानीय पारुहाङ्ग एकेडेमिका शिक्षक रहेका राईको मृत्युको खबरपछि चौदण्डिगढी नगरपालिका क्षेत्रका विद्यालयमा बिहीबार शोक विदा दिएको शिक्षक किशोर ताम्राकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here