मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

आइतबार, बारा । जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

शनिबार राति १० बजे दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।

frontline

दुर्घटनामा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साहको ज्यान गएको हो ।

यस्तै मोटरसाइकलको पछाडि सवार ३५ वर्षीया सुनैना देवी साहको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here