मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाण्डौ । काठमाडौं महानगरपालिका–६ बौद्ध ह्यातगेट नजिक सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो  बा.६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा।६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई  दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएकी १८ वर्षीया बिजा तामाङको मृत्यु भएको हो  ।

frontline

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here