मेलम्ची –११ स्थित फट्टेको अस्थायी पुलमा बाढीले क्षति

फाइल तस्बिर

११ असार, सिन्धुपाल्चोक । शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।

frontline

राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए। 

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट  ६ वडाका नागरिक प्रभावित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here