मेलम्ची र अन्य तटीय क्षेत्रमा आकस्मिक बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

२१ साउन, सिन्धुपाल्चोक । जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।

यस क्षेत्रमा पछिल्लो तीनदेखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । 

frontline

बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर  अर्यालले बताए ।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति सवा १० बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ ।

त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here