मेलम्ची नगरपालिका वडा नं १ को शाखा कमिटी गठन तथा कार्यालय उद्घाटन

नेकपा एमालेले मेलम्ची नगरपालिका वडा नं  १ मा पार्टीको वडा कमिटी गठन तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । भोटेचौरमा शनिबारमा भएको भेलाले लालबहादुर तामाङको अधक्षतामा ३३ सदस्यीय पार्टी कमिटी गठन गरिएको छ जस्मा उपाध्यक्ष दुर्गाबहादुर चौलागाईं , सचिव लक्षमण चौलागाईं सहसचिव विदुर थापा कोषाध्यक्ष आयुषा रोक्का लगायत रहेका छन।

सो  भेलालाई नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बालकृष्ण देउजा संबोधन गर्नु हुदै प्रधानमन्त्री केपी ओलीको सुखी नेपाली सम्वृद नेपाल निर्माण गर्ने अभियानमा लाग्न अनुरोध गर्दै सम्पूर्ण नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

frontline

त्यस्तै  एमाले नगर कमिटी अध्यक्ष विजयकृष्ण श्रेष्ठले अबको दिनमा दत्तचित्त भएर लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्दै   मेलम्ची नगरपालिकाका १३ वटै वडामा छिट्टै भेला आयोजना गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए।त्यस्तै अनेम संघ केन्द्रीय सदस्य उमा प्रधान ,पेसागत महासंघ केन्द्रीय सदस्य लक्ष्मण श्रेष्ठ लगायतले  कमिटी घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here