मेलम्ची नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण

मेलम्ची नगरपालिका वडा नं ९रातमाटाका आगलागी पीडितलाई मेलम्ची नगरपालिकाले आज राहत वितरण गरेको छ ।
बुधबार आगलागी हुँदा हेम बहादुर खडकाकोे घरमा क्षति भएको थियो । इलाका प्रहरी कार्यालय, मेलम्चीका अनुसार घर ,धान, कोदो ,काठ जस्ता गरि पाँच लाखको क्षति भएको छ ।
नगरप्रमुख डम्बर अर्याल,उप प्रमुख भागवती नेपाल घटनास्थलमा पुगी पीडितलाई तत्कालका लागि जस्ता, त्रिपाल, खाद्यान्न, हस्तान्तरण गर्नुभएको नगरपालिकाका सूचना अधिकारी जितबहादुर कार्कीले जानकारी दिनुभयो । नगरपालिकाले तत्कालका लागि जस्ता ४ बन्डल ,चामल १ बोरा ,चिउरा ५ केजी र त्रिपाल २ वटा बितरण गरेको कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here