मेलम्चीमा निषेधाज्ञामा थप कडाई
संक्रमितको संख्या बढ्दै गएको र परिक्षण गरेकाहरुको सतप्रतिशत रिपोर्ट पोजेटिभ भएपश्चात निषेधाज्ञामा थप कडाई
मेलम्चीमा निषेधाज्ञालाई थप कडाई गरिएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र परिक्षण गरेकाहरुको सतप्रतिशत रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको पुष्टि भएपश्चात निषेधाज्ञालाई थप कडाई गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक टिकाराम राइले जानकारी दिनुभयो । अहिले नेपाल प्रहरी, ससस्त्र प्रहरीको टोलिले बजारमा गस्ति बढाएको छ ।
निषेधाज्ञालाइ उलङ्घंन गरि अनावश्यक हिड्ने सवारी साधन र पैदल हिड्ने सर्वसाधाराणलाई समेत हिड्नुको कारण सोध्न थालिएको ससस्त्र प्रहरीबल मेलम्चीका प्रमुख परशुराम लामिछानेले जानकारी दिनुभयो । उहाँका उनुसार खाद्यन्न र औषधि उपचारको बाहाना बनाएर मानिसहरु बजार आउने गरेको भन्दै अब यी पसलहरुमा पनि कडाई गर्ने र अत्यावश्यक परेको खण्डमा सम्पर्क गरिमात्र पसल खोल्न लगाउने प्रहरीले बताएको छ ।
सिन्धुपाल्चोकको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ४ सय ९६ कोरोना संक्रमित पुगेका छन । मेलम्चीमा मात्र संक्रमितको संख्या ४३ पुगेको छ । हालसम्म जिल्लाबाट ९ जना मात्रैले कोरोना जितेर घर फर्केका छन्। कोरोनाको दोस्रो लहरमा मात्रै जिल्लामा ६ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्