मेलम्चीको मुहान नजिकै पहिरो

श्रोत:ईन्टरनेट

नाकोटे भन्ने ठाउँबाट पहिरो खस्दा स्थानीयवासीहरु भागाभाग

काठमाडौं । मेलम्चीको मुहान नजिकैको हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँबाट पहिरो खस्दा स्थानीयवासीहरु भागाभाग भएका छन् । 

मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् ।

frontline

परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिएको थियो  ।

त्यसले गर्दा खोला झन् उर्लेको स्थानीय दोर्जे तामाङले बताएका छन् ।

पहिरो बेलुकी साढे ६ बजे ठूलो गएको तामाङले बताएका छन् ।

पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे/नपुगेको पनि एकिन हुन नसकोको बताइएको छ ।

पहिरोमा कोही पनि नपरेको हुन सक्ने अनुमान गरिएको छ ।

राति पहिरो गएकाले अहिलेसम्म त्यहाँ भएको क्षतिको आँकलन हुन सकेको छैन । 

‘रातिको समय भएकाले प्रहरीलाई खबर गर्न सकिएको छैन, नदी आसपासका मानिसहरु को कता भागेका छन् भन्ने पनि एकिन छैन,’ स्थानिय तामाङले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here