मेलम्चीको बाढीले थप तीन घर बगायो

बुधबार, काठमाण्डु । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ ।

मेलम्ची–६ नेपाने बगरको थप तिन घर बगाएको स्थानीय भीमसेन थापाले बताएका छन् ।

frontline

उनका अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हो ।

थप घर र बाटोसमेत जोखिममा रहेको जनाइएको छ छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here