मेलम्चीको पानी यसै वर्ष काठमाडौंमा ल्याउँछौं : प्रधानमन्त्री देउवा

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यस वर्ष काठमाडौं ल्याउने बताएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाढीका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी यसै वर्ष काठमाडौंमा ल्याउने दाबी गरे।

frontline

उनले देशमा अत्यावश्यक वस्तुको कुनै अभाव नभएको बताए। ‘सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु।

उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु। आपूर्ति व्यवस्था सुधार गरी महँगी नियन्त्रणमा गरेको छु।

भ्रष्टाचार नियन्त्रणमा काम भएका छन्। अत्यावश्यक वस्तुको कुनै अभाव छैन,’ सम्बोधनको क्रममा उनले भने। 

उनले अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर जोड लगाइरहेको र ६० वर्षमाथिका व्यक्तिलाई यसै महिनादेखि बुस्टर डोज लगाइने बताए।

११ वर्षमुनिका बालबालिकाहरूलाई पनि चाँडै खोप दिइने उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here