मेलम्चीका बाढी प्रभावित पालिकालाई शंखरापुर नगरपालिकाको आर्थिक सहयोग

श्रोत : ईन्टरनेट

काठमाण्डौ । बाढी प्रभावित मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई शंखरापुर नगरपालिका, काठमाडौंले मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई पाँच/पाच  लाख हस्तान्तरण गरिएको थियो  ।

frontline

सहयोग प्रदान गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विपदमा  ठूलो सहयोग गर्न नसके पनि सदभाव स्वरूप केही सहयोग गरेको बताएका थिए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सबैको सहयोग, सद्भावले मात्र मेलम्ची उठ्न सम्भव हुने बताएका थिए भने  पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सयभन्दा बढी घर विस्थापित हुने अवस्थामा पुगेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here