अन्य नगरपालिकाले पनि मेयर साहको अभियान सिको गर्दै

फाइल तस्बिर

१० भदौ, काठमाडौं । काठमाडौं महानगरले शुक्रबार पनि अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियानलाई निरन्तरता दिएको छ ।

सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनपछि शुक्रवार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराइएको छ ।

frontline

गालीभन्दा तालीको प्रभाव बढ्न थालेपछि महानगरले यो अभियानलाई थप तीब्रता दिने भएको छ । शुक्रवारको अभियानमा मेयर बालेन साह र ट्राफिक प्रमुख मीरा चौधरी भने देखिनुभएन ।

काठमाडौं महानगरका अनुसार महानगर भित्र अवैध संरचना र उपयोगमा नआएको पार्किङको संख्या तीनसय माथि छ । महानगरले अभियानकै रुपमा ती संरचनामा धावा बोलेपछि सम्पूर्ण वडा कार्यालयहरुले समेत आफ्नो क्षेत्रका अवैध संरचना भत्काउने निधो गरेका छन् ।

काठमाडौंले थालेको अभियानलाई कीर्तिपुर नगरपालिकाले त्यही शैलीमा सिको गरिसकेको छ । आफूले दिएको ३५ दिने सूचना अवहेलना भएपछि महानगरपालिका थप आक्रामक हुन बाध्य भएको हो ।

सबैतिरबाट हौसला पाएपछि महानगर थप कडाईसाथ अघि बढ्न हौसिएको छ । केहीले भने आफनो गल्ती महसुस गरी आफै व्यवस्थित गर्ने सुचना पनि जारी गरेका छन् ।

सरकारी निजी जुनसुकै निकाय कानुनको नजरमा समान हुने भन्दै शुक्रबार प्रहरीसहित महानगरको टोली सरकारी निकाय राहदानी विभाग पुगेको हो ।

त्यहाँको भूमिगत पार्किङ सेवाग्राहीको प्रतिक्षालयमा उपयोग गरिएको पाइएपछि तत्काल नगरप्रहरी परिचालन गरी कुर्सी हटाइएको थियो ।

कहीं कतै हावा पास नहुने पार्किङस्थलमा सेवाग्राही कोच्ने गरिएकोमा महानगरले आपत्ति जनाएको थियो । यद्यपि विभाग प्रशासनले सेवाग्राहीको चाप थेग्न भूमिगत पार्किङ उपयोग गर्नुपरेको बताएको थियो ।

त्यसो त महानगरको यो अभियानपछि सामाजिक सञ्जालमा उदेकलाग्दा क्रिया प्रतिक्रिया देखापरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री रामकुमारी झाँक्री, कांग्रेस उपसभापति धनराज गुरुङ लगायतका नेताहरु बालेनको पक्षमा दृढतासाथ उभिनुभएको छ ।

पूर्वप्रशासक रामेश्वर खनाल र भीम उपाध्याय विधिको शासनका लागि यो अभियान कोसेढुंगा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

महानगर प्रमुख शाहले समेत सामाजिक सञ्जालमा महानगरको रोडम्याप र अहिले भइरहेका कामको तारन्तार अपडेट गरिरहनुभएको छ ।

त्यसप्रति आमनागरिकको तर्फबाट अपार जनसमर्थन प्राप्त भएको देखिन्छ । महानगरको यो अभियानप्रति एमाले नेता महेश बस्नेत र शाहबीच घोचपेच भएका छन् ।

भोट बिग्रने त्रासले कार्यतहमा जान हिम्मत नगर्ने, कागजी निर्णयमा सुन्दर, हराभरा काठमाडौंको लयात्मक नारामा दशकौंदेखि अल्मलिएको महानगरको विकासलाई यो अभियानले प्राण भर्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here