मेयर सम्मेलनमा भाग लिन चिरिबाबु महर्जन फ्रान्समा

श्रोत : ईन्टरनेट

२६ कार्तिक, काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा कार्तिक २९ देखि सुरु हुने मेयर सम्मेलनमा भाग लिन महर्जन बिहीबार फ्रान्स पुगेका हुन् । 

frontline

फ्रान्सको मेयर संगठनका अध्यक्ष फँस्वा बार्रवाले मेयर सम्मेलनमा सहभागी हुन महर्जनलाई निमन्त्रणा गरेका थिए । फ्रान्समा प्रत्येक वर्ष मेयर सम्मेलन हुने गरेको । यो १०३ औं मेयर सम्मेलन हो ।

नेपालका तर्फबाट पहिलो पटक ललितपुर महानगरपालिकाका मेयर महर्जन सो सम्मेलनमा भाग लिँदैछन् । फ्रान्स बसाईका क्रममा मेयर महर्जनले त्यहाँका मेयरहरुसँग भेटघाट गर्नेछन् ।

विशेषगरी मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रमा मेयरहरुसँग भेटघाट र द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् । मेयर महर्जनले नेपाल र फ्रान्सका मेयरको संगठन बनाउन पहल गर्ने नेपाल–फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलले बताए ।

फ्रान्सको मेयरहरुको संगठनमा त्यहाँका ३३ हजार मेयर संगठित छन् । सम्मेलन मंसिर २ सम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here