मेयर शाहविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई विप्लवकाे निर्देशन

फाइल तस्बिर

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बालेनले सुकुम्बासीलाई दु:ख दिएकाे भन्दै उनले यस्ताे निर्देशन दिएका हुन् ।

महासचिव विप्लवले बुटवलकाे शिवगढीमा आयोजित १३० औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादलाई कहिल्यै आत्मसात् नगरको आरोप लगाए ।

frontline

प्रचण्डले माओवादको सिद्धान्त बिर्सिएको आरोप लगाउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डमा एकै प्रवृत्ति रहेको र दुवै सत्तालिप्त नेता भएको टिप्पणी गरे ।

उनले विप्लवले नेपालमा एकीकृत जनक्रान्ति गर्न सबै कम्युनिस्ट एक हुन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here