मेयर प्रत्याशी यादवले गौर बस पार्कका असईलाई आगो निभाउने सिलिण्डर हस्तान्तरण

मेवालाल यादव 

frontline

फागुन , ७ गते 

रौतहटको :-  नेपाली कांग्रेस पार्टीको  गौर नगरपालिकाको नगर सभापति एवं मेयर प्रत्याशी मोहन कुमार यादवले  आगलागीबाट बचाउने कार्यमा खटिने नगरभित्रमा रहेको 

गौर बस पार्कमा रहेको अस्थाई प्रहरी पोष्टका असई तथा 

 प्रहरी चौकीलाई आगो निभाउने सिलिण्डर मेशिन हस्तान्तरण गरेको छ ।

यादवले गौर बस पार्कका अस्थाई प्रहरी पोष्टमा  एक कार्यक्रम गरी रौतहटको गौर नगर भित्रमा प्रहरी चौकीमा आज आगो निभाउने ग्यास सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

यादवले नगरभित्र आगलागी हुँदा आगलागी नियन्त्रणका लागि प्रहरी चौकी अग्रपंक्तिमा खटिने भएकाले तत्काल आगो नियन्त्रणका लागि सहयोग गर्न ग्यास सिलिण्डर प्रदान गरिएको नेपाली कांग्रेस पार्टीको  गौर नगरपालिकाको नगर सभापति एवं मेयर प्रत्याशी मोहन कुमार यादवले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

poster-here