मेयर खड्ग खत्रीलाई भेट्न किन, सिन्धुली आइपुगे युवराज खतिवडा

सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई भेट्नको लागि सिन्धुलीमाडी स्थित घरमा नै आइपुगेका छन ।

शुत्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा ) अध्यक्ष केपि शर्मा ओलीका बिश्वास पात्र समेत रहेका बिशेष दुतको रुपमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मेयर खत्रीसंग भेटघाट गरेका छन ।

frontline

नेकपा बिभाजनको समयमा पार्टीको केन्द्रिय सदस्य र अ‍ेरिकाको लागि नव नियुक्त राजदुत समेत रहेका खतिवडाले सिन्धुलीमाढीमा रहेको पानिट्याकीमा रहेको खत्रीकै निवासमा पुगेर भेटेका हुन । यस भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ भने पूर्व माओवादी समुहमा आशंका पैदा गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद बिघटन गरेपछि नेकपा बिभाजनको चरणमा रहेको छ । सोहि बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र पुष्पकमल दाहाल पक्षको जिल्ला अध्यक्ष बन्ने चर्चा चलेको छ ।

काठमाण्डौबाट झापा हिडेका युवराज जिल्लाका ओलि निकट नेता तथा कार्यकर्तालाई जानकारी नै नदिई माधब नेपाल समुहका जिल्ला नेता खत्रीको घरमा पुगेका थिए ।

भेट सामान्य पारिवारिक भनिए ता पनि वान टु वान छलफल भएको स्रोतका स्रोतले बताएको छ । दुवै नेता विच गनिष्ट सम्बन्ध रहेको बुझिन्छ ।उनीहरु बिचमा पछिल्लो राजनीतिक घटनाको बारेमा पनि कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

खतिवडाले भेटमा ओलि नेतृत्व कै टिममा फर्कन प्रस्ताव लिएर आएको स्रोतले बताएको छ । ओलि समुहमा फर्किए केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नै बन्न प्रस्ताव गरेका खत्री निकट मानिएका विद्यार्थी नेताले जानकारी दिए ।

स्रोतका अनुसार युवराजको प्रश्नको जवाफ दिदै खत्रीले आफु माधव–प्रचण्ड  समुहले नेतृत्व गरेको पार्टीको जिल्ला अध्यक्षको नेतृत्व गर्ने  मनाशय राखेको र अहिले ओली पक्षको केन्द्रिंय सदस्यमा नजाने जावफ दिएको जानकारी दिए ।

यता खत्री नेपाल समूह बाट जिल्ला अध्यक्ष बन्दै रहदा खतिवडाले कुनै इन्टर फियर गरेको देखिदैन ।

खतिवडा र खत्री बिच सम्बन्ध सुमधुर रहेको छ । अर्थमन्त्री रहँदा खतिवडाले कमलामाईको विकास, समृद्धिका सवालमा समेत विशेष सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here