मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

“अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन”

frontline
नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं 

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । 

नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

मेयर घिमिरेले लु१झ ३ सय ६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३ सय २६ नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएका छन् । ‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं ।’

उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए । दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here