मेयरसँग रवि यस्तरी पड्किए

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीप्रति लक्ष्य गर्दै ‘अब म त्यसै कहाँ छोड्छु’ भन्ने अभिव्यक्ति सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनिएका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएका छन् । स्रोतका अनुसार, लामिछानेले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटमा यस्तो आक्रोश पोखेका हुन् ।

मेयर आचार्यले औपचारिकतावश हिरासतको तेस्रो तलामा अन्य थुनुवाभन्दा अलग्गै राखिएका लामिछानेलाई भेटेको सुरक्षा स्रोतको दाबी छ । त्यस अवसरमा उनले ‘मसँग राजनीतिक प्रतिशोध लिइयो । संसदीय समितिले मलाई कतै पनि जोडेको छैन । कि त कम्पनी ऐनअन्तर्गत ग्यालेक्सीमा डिफल्ट छ भनेको भए त्यसमाथि छलफल हुन सक्थ्यो तर सोझै मलाई सहकारी सहकारी भनेर प्रतिशोध लिइएको छ । सहकारीमा न म कतै सदस्य छु, न कतैबाट ऋण नै लिएको छु भनेर प्रतिवेदनले नै बोलेको छ । तर मलाई सहकारीकै पुर्जी राखेर पक्राउ गर्नु भनेको राजनीतिक प्रतिशोधबाहेक अर्थोक हुनै सक्दैन । अब म ओलीलाई कहाँ छोड्छु र ?’ भनेका थिए ।

frontline

त्यसो त प्रधानमन्त्री ओलीले ‘एक एक जना सांसदको नाममा संसदीय समिति बनाएर साध्य चल्दैन, बनाउनु पर्दैन’ भन्दाभन्दै रवि लामिछाने आफैंले ‘लौ समिति बनाएर देखाऊ’ भन्दै रोष्ट्रमबाट दलहरूलाई चुनौती दिएका थिए । सो भेटमा लामिछानेले आन्तरिक रुपमा सरकारको स्वार्थ के के, को कोसँग मिलाउनु छ, उनीहरूसँगै होला तर मलाई त अहिले वर्तमान सत्ताले नै यस्तो गरेको हो भन्नुपर्‍यो । केही छैन, यो कुरा टुङ्ग्याउनै पर्ने थियो, अब रिपोर्ट नै आइसकेपछि टुंगियोस् भनेर सामान्य हिसाबमा यो घटनालाई लिएको बताइन्छ । उनको हाउभाउ हेर्दा सहजै छुटेर पुनः राजनीतिमा सक्रिय हुने कुरामा ढुक्क जस्तै देखिन्थे । ३–४ मीनेटको भेटघाटमा मेयर आचार्यले भने औपचारिकतावश मेरो शहरमा हुनुहुन्छ, केही प¥यो भने पुलिसमार्फत् खबर गर्नुहोला भन्दै विदा लिएको दुई जनाबीचको संवाद टिप्दै गरेका एक जना हवल्दारले जनआस्थालाई बताए ।

त्यसो त पक्राउ पुर्जीमा सही गर्दा नै लामिछानेले मलाई जसले यसमा हस्ताक्षर गरेर पक्रिएका छन्, तिनलाई समातेर जेल हाल्ने पत्रमा मैले पनि यसरी नै सही गर्नेछु भनी बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here