मेटाले ११ हजार कर्मचारी कटौती गर्दै

२४ कात्तिक, न्युयोर्क । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।

मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।

frontline

‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’, प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here