मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु

४ असोज, काठमाडौं । मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण एक जनाको मृत्यु भएको हाे । मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घरहरु समेत चर्केका छन् ।

frontline

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेजले भूकम्प लगतै भिडियो सन्देश जारी गर्दै म्यानजानिलोमा रहेको स्टोर भत्किदा एक जनाको मृत्यु भएको बताउनुभएकाे हाे । भूकम्प जाँदा अधिकांश मानिस घरबाहिर निस्केका थिए ।

मेक्सिकोमा सन् २०१७ मा आएको भूकम्पका कारण ३ सय ५० जनाको मृत्यु भएको थियो । भूकम्पले पुर्याएको क्षतिकाे विषयमा थप विवरण आउन भने बाँकी रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here