मेक्सिकोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

१६ पुस, मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। 

मध्य राज्य ग्वानजुआटोको लियोन सहर फर्कने क्रममा नायरिट राज्यमा दुर्घटना भएको अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

frontline

‘घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ भने थप एक दर्जन घाइते भएका छन्,’ नायरिट राज्यको स्थानीइ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ४८ जना यात्रु सवार थिए।

अधिकारीहरूले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमा बस सडक छेउमा पल्टिएको देखिएको छ। अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here