मूल्य वृद्धिको विरोधमा वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला दहन

फाइल तस्बिर

७ माघ, वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री शेरहादुर देउवाको पुत्ला दहन गरेको हो ।

frontline

वीरगञ्जको माईस्थान चोकमा भेला भएका ओबिासीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनतामाराको संज्ञा दिँदै मुर्दावादको नारा लगाएका थिए ।

प्रदर्शनकारीले गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने माग समेत राखेका छन् ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा आधा घण्टा प्रदर्शन गरेपछि पुत्ला दहन गरिएको ओबीसी महासंघ केन्द्रिय उपाध्यक्ष अकलेश साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here