मुहानपोखरीदेखि भँगेरी डाँडासम्म पुग्ने प्राकृतिक पदमार्ग निर्माण थालनी

श्रोत : ईन्टरनेट

भक्तपुर । चाँगुनारायण नगरपालिकाको मुहानपोखरीदेखि भँगेरी डाँडासम्म पुग्ने प्राकृतिक पदमार्ग निर्माण थालनी भएको छ ।
परियोजनाअन्तर्गत पर्यटकीय क्षेत्र नगरकोटमा दीगो पर्यटन विकासका लागि नगरपालिकाको वडा नं. ६ र ७ को संगम मुहानपोखरीदेखि भँगेरी डाँडासम्म पुग्ने प्राकृतिक पदमार्ग निर्माण थालनी गरिएको हो ।

पर्यटकीय गन्तव्यको रुपमा रहेको नगरकोटमा कोभिड १९ को कारण अधिकांश मजदुरहरुले रोजगारी गुमाएपछि उनीहरुको पुनरुत्थानमा सहयोग गर्दै दिगो पर्यटन प्रर्वद्दनका लागि नगरपालिकाले विभिन्न सहयोगी दाताहरुको सहयोगमा उक्त प्राकृतिक पदमार्गको थालनी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

frontline

नगरपालिकाको ३० लाख रुपैयाँ र साझेदारी संस्थाको ३० लाख रुपैयाँ गरी कूल ६० लाख रुपैयाँको परियोजना थालिएको उहाँले जानकारी दिनुभयो । सो परियोजनामा नेपाल पर्यटन बोर्ड र यूएनडिपीले साझेदारी गरेका छन्

साझेदारीमा सञ्चालित परियोजनामा सहभागीहरुले दैनिक १ हजार रुपैयाँको दरमा न्यूनत्तम ४० दिन काम गर्ने परियोजनाका सुपरभाइजर राजकुमार लामिछानेले बताउनुभयो । उहाँले मुहान पोखरी– खोलेखेत– गडगडे–नगरकोटसम्म प्राकृतिक पर्यटकीय पदमार्ग निर्माणमा उक्त परियोजना लागु गरिने जानकारी दिनुभयो

सो पदमार्ग निर्माण कार्यको औपचारिक सुरुवात आइतबार नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, यूएनडिपीका प्रतिनीधि निराजन ताम्राकार लगायतले मुहानपोखरीबाट थालनी गर्नुभएको हो ।

दिगो पर्यटन प्रवद्दनका साथै हाल कोरोना महामारीका काण थला परेको पर्यटन व्यवसायी एवं मजदुरको जिविकोपार्जन दुवै हुने हेतुले नगरपालिकाले उक्त परियोजना थालनी गरेको चाँगुनारायण नगरपालिकाकी अधिृकत सन्तोषी नेपालीले जानकारी दिनुभयो ।

उहँँका अनुसार हालको सानो लगानीले पछिल्ला दिनमा पर्यटनमा ठूलो टेवा पुग्ने हेतुले उक्त आयोजना थालनी गरिएको जानकारी दिदै यसले नगरकोटमा प्राकृतिक पदमार्गको मज्जा लिन आउने आन्तरिक तथा विदेशी पर्यटकको अकर्षणको केन्द्र हुनेमा आफूहरु विस्वस्त भएको जानकारी दिनुभयो ।
उक्त पदमार्ग कार्तिकको अन्तिम सम्ममा निर्माण सम्पन्न गरि सक्ने लक्ष्यका साथ काम थालनी गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here