मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय

२३ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको बैठकले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

एक किशोरका प्रेम प्रस्ताव अस्वीकार गरेपछी दुई वर्षअघि मुस्कान तेजाब हमलाको सिकार भएकी थिइन्।

frontline

अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी छन्।

हालसालै मुस्कानले अमेरिकाको प्रतिष्ठित पुरस्कार पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here