मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणविरुद्ध सचेत रहनुपर्छ : नेता देव गुरुङ
६ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव प्रसाद गुरुङले मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणविरुद्ध सचेत रहनुपर्ने बताएका छन् ।
नेपाल चलचित्र युवा मञ्चले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा गुरुङले विश्व ध्रुविकरण भइरहेका बेला आन्तरिक र बाह्य रुपमा हुनसक्ने सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताएका हुन् ।
मुलुकमा सबै भाषा, संस्कृतिलाई समान अधिकार दिने क्रममा भाषा, संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
नेता गुरुङले राष्ट्र निर्माणको लागि सवै भाषा धर्म र संस्कृतिको सम्मान गर्न सके राष्ट्रिय एकता कायम हुने जिकिर गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्