मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

शुक्रबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘

अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताउनुभएको हो ।

frontline

प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्नुहुँदै उहाँले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनसमेत अनुरोध गर्नुभयो ।

युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्नुहुँदै उहाँले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताउनुभयो । ‘

खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको छ ।

परिषद्ले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी प्रतियोगिताका विजयलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

उहाँले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले युवालाई स्वदेशमा नै रोजगारी दिनसके दैनिक एक हजारको सङ्ख्यामा युवा विदेशिनु नपर्ने अवस्था आउने बताउँदै युवाको जोश र जाँगरलाई मुलुकमा नै खचिर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here