मुलुकका धेरैजसो स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना

१६ चैत, काठमाडौं । आज मुलुकका धेरैजसो स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको मौसममा प्रभाव परेको हो ।

आज बिहानैबाट काठमाडौं उपत्यकाको आकाश पनि धुम्मिएको छ । विहान काठमाडौं उपत्यकाका केही भागमा सामान्य वर्षासमेत भएको छ ।

frontline

भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव र स्थानीय वायुको प्रभावले विशेषगरी प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली मौसमविदहरुले बताएका छन् ।

प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशबाहेकका अन्य भूभागमा भने मौसम सामान्य रहेने बताइएको छ ।

त्यस्तैगरी आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

त्यस्तैगरी आज रातिको समयमा पनि प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here